Logo

राजनीति

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ: प्रधानमन्त्री


GDP नेपाल
   २९ असार २०८२, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीका अवसरमा शुभकामना दिएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले आदिकविले नेपाली मनमा रामायण रोपेर गएको बताए ।
उनले लेखेका छन् ,आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती ।

आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानु भयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नु भयो ।नेपाली भाषामा आदिलेखन थालनी गर्नु भएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना ।’

प्रकाशित : २९ असार २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह