Logo

बैंक / बिमा /शेयर

साउन १५ देखि हकप्रद सेयर निष्कासन गर्दै जोशी हाईड्रोपावर


GDP नेपाल
   २९ असार २०८२, आइतबार


काठमाडौ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर आगामी साउन १५ गतेदेखि निष्कासनमा आउने भएको छ ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले गत असार ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार ७ गते सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र यो हकप्रद खरिदका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा १०० रुपैयाँ अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर जारी गर्न लागेको छ ।

लगानीकर्ताले आगामी भदौ ४ गते सम्म हकप्रद खरिदकालागि आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी सनराइन क्यापिटल काठमाण्डौका साथै जोशी हाईड्रोको कार्यालय र लक्ष्मी सनराइज बैंक इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो शेयर’ बाट समेत आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २९ असार २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह