Logo

मुख्य समाचार

पक्राउ परेका व्यक्तिको फोटो प्रहरीले सार्वजनिक नगर्ने; मिडियालाई नैतिक संकट !


gdpnepal
   ९ श्रावण २०८२, बिहिबार


 

काठमाडौं । प्रहरीले अब पक्राउ परेका व्यक्तिको फोटो प्रहरीले सार्वजनिक नगर्ने भएको छ ।

प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ ।

पत्रकार सम्मेलनमा वा कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न र नपठाउन भन्दै प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटमा परिपत्र जारी गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

महान्यायाधिवक्ताको कार्यालयले तस्बिर, भिडियोहरू सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशनका आधारमा यसरी मातहतका सबै युनिटमा परिपत्र जारी गरिएको हो ।

गत असारमा महान्यायाधिवक्ताको कार्यालयले उक्त निर्णय गरिसकेको छ । सोही निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रहरीले तत्काल कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो ।

जघन्य अपराधका घटना वा त्यस्ता तस्बिर र भिडियो सार्वजनिक नगर्दा राज्य तथा सामाजिक असर पर्ने अवस्था रहेको खण्डमा सम्बद्ध निकायको अनुमतिमा सार्वजनिक गर्न सकिने जनाइएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो सार्वजनिक नगर्ने निर्णय गरेसँगै आमसञ्चार माध्यमलाई भने संकट उत्पन्न भएको छ ।

मिडियामा यस्ता व्यक्तिको तस्बिर उत्खनन गरेर सार्वजनिक गर्ने होडबाजी चल्ने गर्दछ ।

प्रहरीको निर्णयले मिडिया क्षेत्रमा नैतिक संकट उत्पन्न भएको छ ।

प्रकाशित : ९ श्रावण २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह