Logo

Banner-news

अर्थमन्त्रीलाई क्षेत्रीको प्रश्नः १५ खर्बको बजेट १३ खर्बमा झारेर कसरी साढे ८ प्रतिशतको वृद्धि ?


GDP Nepal
   १ चैत्र २०७६, शनिबार



दीपेन्द्र बहादुर क्षेत्री
  • दीपेन्द्र बहादुर क्षेत्री

सरकारका कारण नेपाली जनता मनौबैज्ञानिक रुपमा पनि कमजोर र हारेको अवस्थामा पुगेका छन् । स्वास्थ्यमन्त्रीले अब कोरोना प्रभावित अब आफैं क्वारेन्टाईनमा बस्नुपर्छ, सरकारले केही गर्न सक्दैन् भनेर बोलेपछि हामी मनोवैज्ञानिक रुपमा पनि हारेको अवस्थामा छौं ।

त्यसै पनि नेपालको अर्थतन्त्रमा पनि कोरोनाले ठूलो असर गरेको छ । रिटेल व्यापार छैन्, ग्राहक नै नभएपछि व्यापार कसरी हुन्छ ? आयात रोकिएको छ । मन्दी आएको छ । शारिरीक तथा मानसिक रुपमा बलियो हुनुपर्ने अवस्थामा नेपालको परिस्थिति त्यस्तो नभएको अवस्था छ ।

कोरोना एकबाट अर्कोमा सर्ने भएकोले यसको लक्षण देखिनेबित्तिकै उपचारको लागि स्वयम व्यक्तिले सचेतना अपनाउनुपर्छ । सबैले यसको लागि सहकार्य गर्नुपर्छ । अहिले त सरकार पनि बलियो छ । यसले जनताको लागि राहत कार्यक्रम पनि ल्याउनुपर्ने आवश्यकता छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा १२ अर्ब पैसा छुट्याईको छ, १५ खर्बको बजेट ६ महिनापछि गरिएको अर्धवार्षिक समिक्षामा १३ खर्बमा झारिएको छ । त्यही पनि सरकारले साढे ८ प्रतिशत आर्थिक वृद्धि हुन्छ भनेको छ भनेपछि सरकारको आत्मबल त अझैपनि रैछ नि ।

तीन तहकै सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उदार नीति लिनुपर्ने म देख्छु । कोरोनाको सवालमा प्राथमिक रोकथाममा जोड दिनुपर्छ । सरसफाईमा जोड दिनुपर्छ । आर्थिक रुपमा पनि राजस्वको उपलब्धि कमी हुने भन्दै सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।

आजभन्दा १२ वर्षअघि नै सिल्भिया नामका एकजनाले सन् २०२० मा निमोनियाजस्तो यस्तो किसिमको रोग आउने र यसले विश्वभरि माहामारी फैलिने भनेर प्रक्षेपण गरेका थिए । यसमा कति सत्य छ वा छैन, त्यो अर्को विषय हो, फेरि उनले यो छोटो समयमा आफैं हराएर जान्छ भनेर पनि लेखेका छन् । र, सन् २०३० मा पनि फेरि देखा पर्छ भनेका छन् ।

विश्वव्यापी रुपमा यो भाईरसबाट चर्चित तथा सरकारी ओहोदामा बसेका नेताहरुसमेत प्रभावित भएका छन् । नेपालको राजनीतिक वृत्तमा नदेखिएकोले आफूहरु सुरक्षित नै रहेको मान्नुपर्ने अवस्था देखिन्छ ।

हिजोसम्मको तथ्यांक हेर्दा चार हजार ९ सय मरिसकेका रहेछन्, र १ लाख ३२ हजार त्यसबाट प्रभावित छन् । त्यो प्रभावित हुनेहरुमा, तपाईहरुलाई सुन्दा आश्चर्य लाग्छ, यसले राजनीतिक वृत्तका मान्छेहरुलाई छुँदो रहेछ क्या (बाहिर बाहिरतिर), बेलायतमा स्वास्थ्य राज्यमन्त्रीलाई कोरोना भाइरसले समातेपछि उनलाई आईसोलेशनमा राखिएको छ ।

क्यानडाको प्रधानमन्त्रीको श्रीमतीलाई यो भाइरस पोजिटिभ देखिएपछि, प्रधानमन्त्री नै अब १४ दिनको लागि गुप्तवास बस्नुपर्ने अवस्था आएको छ, स्पेनमा डेपुटी प्राईम मिनिस्टरको श्रीमतीलाई त्यो रोग लाग्या हुनाले उहाँपनि आईसोलेशनमा बस्दैहुनुहुन्छ भनिएको छ, लक्कीली भनौं कि अनलक्किल्ली भनौं हाम्रो राजनीतिक वृत्तमा यस्तो किसिमका खबरहरु नआएका हुनाले हामी सुरक्षित नै रहेछौं भन्ने कुराहरु मान्नुपर्ने भयो ।

अहिलेसम्म नेपालमा एकजनाको मात्रै डाईग्नोसिस भएको र उनको उपचार भएर डिस्चार्ज भैसकेको अवस्थामा विश्व स्वास्थ्य संगठनले नेपाललाई असाध्यै ठूलो जोखिममा राखेकोमा मेरा केही गुनासो पनि छन् ।

प्रकाशित : १ चैत्र २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह