Logo

बिजनेस होम

फुटबल प्रेमिलाई १ रुपैयाँमै जर्सी


appharu
   १९ जेष्ठ २०७५, शनिबार


काठमाडाैं । मोबाइल एप रिचार्जरले १ रुपैयाँमा त्यस्तो जर्सी उपलब्ध गराउने भएको छ । आफ्नो ब्रान्ड प्रवद्र्धनका साथै नेपाली फुटबल प्रेमिलाई ९ सय ९९ रुपैयाँको जर्सी १ रुपैयाँमा उपलब्ध गराउने अफर ल्याएको कम्पनीले जनाएको छ ।

विश्वकप फुटबल सुरु हुन २ सातामात्र बाँकी हुँदा रिचार्जरले ठूलो संख्याका नेपाली फुटबल पारखीलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो । यो अफर आइतबार दिउँसो १२ बजेबाट सुरु हुनेछ भन्दै रिचार्जरले यो अफर रिचार्जरको वेबसाइटमा नभई मोबाइल एपमा मात्र लागू हुने जनाएको छ ।

गुगलले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउन्ट खोलेपछि प्रयोगकर्ताले १ सय रुपैयाँ क्यास ब्याक पाउने छन् । त्यसपछि जतिको मोबाइल रिचार्ज गरिन्छ त्यत्ति नै क्यास ब्याक पाउने कम्पनीले जनाएको छ । यसरी प्राप्त हुने क्यास ब्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ । ‘ग्राहकले ५०० क्यास व्याक सदुपयोग गरी १ रुपैयाँ मात्र भुक्तान गर्दा ९ सय ९९ रुपैयाँको जर्सी पाउनु हुनेछ ।’ ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने ।
उनकाअनुसार यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ । ग्लाइडरका अनुसार प्रत्येक एक महिनामा यस्ताअफरहरू नियमित रूपमा सञ्चालनगरिनेछ । ‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिङ गर्दा तपाईंले ११ वटा बैंकको ई–बैंकिङ, ई–सेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्नु हुन्छ ।’ ग्लोबल कि टेक्नोलोजीका प्रमुखकार्यकारी अधिकृत निराजन सिंहले भने ।

प्रकाशित : १९ जेष्ठ २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह