Logo

बैंक / बिमा /शेयर

बन्दिपुर केवलकारको आईपीओ भर्ने आज अन्तिम दिन


GDP नेपाल
   २१ श्रावण २०८२, मंगलबार


काठमाडौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको पहिलो चरणको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साउन ६ गतेदेखि आईपीओ खुला गरेको थियो ।

कम्पनीले आयोजनाबाट प्रभावित तनहुँ र गोरखाका बासिन्दाहरूका लागि ५ लाख ६६ हजार ५ सय कित्ता शेयर निष्कासन गरेको थियो । लगानीकर्ताले न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको ५ लाख २९ हजार ४०० कित्ता शेयरको आवेदन साउन ९ गते नै बन्द भइसकेको छ ।

नेपाल धितोपत्र बोर्डबाट ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासनको अनुमति पाएको कम्पनीले पहिलो चरणमा प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर वितरण गरिसकेपछि, अब दोस्रो चरणमा आम सर्वसाधारणका लागि ५२ लाख ९४ हजार कित्ता शेयर जारी गर्ने तयारी गरिरहेको छ । यस आईपीओको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रकाशित : २१ श्रावण २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह