Logo

अर्थनीति

हाईलाइफको प्रिमियम बासमती चामल बजारमाः उपभोक्ताको स्वाद र पोषण प्राथमिकतामा


gdpnepal
   २२ श्रावण २०८२, बुधबार


काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ । काठमाडौँमा बुधबार आयोजित हाइलाइफ पार्टनर मिटमा कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेललगायतका सञ्चालकले हाइलाइफको नयाँ प्रडक्टका रुपमा बासमती चामल सार्वजनिक गरे ।

कम्पनीका अनुसार हाईलाइफले एक्स्ट्रा लोङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा ल्याएको हो ।

हाईलाइफको चामल एक किलो, पाँच किलो र २० किलोमा बजारमाउपलब्ध हुने छ ।

नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दैहाइलाइफ फूड्सले नयाँ प्रडक्टका रुपमा प्रिमियम बासमती चामलबजारमा ल्याएको हो । ‘जिआई राइस’ डायबेटिक बिरामीका लागि पनि उपयुक्त हुने जनाइएको छ ।

लामो दाना, उत्कृष्ट स्वाद र प्राकृतिक सुगन्धले भरिएको यो चामल घरको भान्सादेखि रेस्टुरेन्टसम्मका लागि उपयुक्त र गुणस्तरीय विकल्पका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । अन्य बासमती चामलहरूको तुलनामा हाइलाइफ फूड्सको यो बासमती चामल शुद्ध, सफा र पौष्टिक तत्वले पूर्ण रहेको कम्पनीको भनाइ छ ।

अध्यक्ष पौडेलले भने, “आजसम्म हाइलाइफले एफएमसिजीअन्तर्गत विभिन्न २० वटा प्रडक्ट बजारमा ल्याएका छौँ, जसमा कुरुमकुरुम चिउरादेखि, चोकोप्लस, कन्फ्लेक्स, मसौरा, बेसन, ब्रुसली, केचप, जाम, बदाम, चियासिड्स, पेस्तालगायत प्रमुखमा पर्छन ।”
हाइलाइफले आम उपभोक्ताको मागका आधारमा बासमती चामल ल्याएको उनको भनाइ छ ।

कम्पनीलाई आजका दिनसम्म ठूलो आरोह–अवरोह ब्यहोरेको उल्लेख गर्दै अब एफएमसिजीमा नयाँ ढंगले लैजाने र उपभोक्ताको पहिलो रोजाइको कम्पनी बनाउने योजनाका साथ अगाडि बढाइरहेको उनको भनाइ छ ।

हाईलाइफ फूड्सका प्रबन्ध निर्देशक पंकज ज्ञवालीले भने, “प्रत्येक नेपाली परिवारलाई गुणस्तरीय, पौष्टिक र सुलभ खाद्यान्न उपलब्ध गराई स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यमा कम्पनी प्रतिबद्ध छ ।’’

उनका अनुसार हाईलाइफ प्रिमियम बासमती चामल स्वादिलोहुनुका साथै स्वास्थ्यवर्द्धक समेत छ ।

पछिल्लो समय हाईलाइफ फूड्सले विभिन्न उत्पादनमा जोड दिँदै आएको र व्यावसायिक दायरा विस्तार गरिरहेको छ ।

कम्पनीले किसान, उपभोक्ता र समुदायलाई लक्षित गर्दै रोजगार सिर्जना र उत्पादन क्षमता वृद्धिबाट मुलुकको आर्थिक विकासमा योगदान दिँदै आएको छ । अत्याधुनिक प्रविधि, अनुसन्धान तथा डिजिटलयुगअनुकूल सेवा प्रणालीमार्फत उद्योगमा अग्रणी भूमिका खेल्ने हाइलाइफ फूड्सको लक्ष्य छ ।

गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्दै कम्पनीले प्रत्येकउत्पादनमा उच्चतम मापदण्डको पालना गर्ने जनाएको छ । उपभोक्ताको आवश्यकता र जीवनशैली अनुसार नवीन उत्पादन विकास, गुणस्तरमा सम्झौता नगरी सबैका लागि सुलभ उत्पादन उपलब्ध गराउने, सरोकारवालासँग पारस्परिक सम्मान र सहकार्य, इमानदारी तथा पारदर्शिता कम्पनीका मूल सिद्धान्त हुन् ।

दीर्घकालीन विश्वसनीयता र सुदृढ व्यवस्थापन क्षमतामा केन्द्रित रहीकम्पनी अघि बढिरहेको छ ।

हाल हाईलाइफ प्रिमियम बासमती चामल देशभरका खुद्रा विक्रेता, सुपरमार्केट तथा अनलाइन प्लेटफर्महरूमा विभिन्न तौल र आकर्षक प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसले गुणस्तरर मूल्यबीचको सन्तुलन कायम राख्ने कम्पनीको दाबी छ ।

हाईलाइफ फूड्स विगतदेखि नै चिउरा, कर्नफ्लेक्स, चोको प्लस, सोयाबिन, ओट्स, आटा, चियापत्ती, बेसन र अन्य स्वास्थ्यकर खाद्यवस्तुहरूको उत्पादन तथा वितरण गर्दै आएको छ ।

प्रकाशित : २२ श्रावण २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह