Logo

बैंक / बिमा /शेयर

फेदीखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने


GDP नेपाल
   १ भाद्र २०८२, आइतबार


काठमाडौँ । फेदीखोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने निष्कासन गर्ने भएको हो ।

कम्पनीले भोजपुरको साल्पासिलिछो–६ मा ४.३ मेगावाट क्षमताको फेदीखोला जलविद्युत् आयोजना निर्माण गर्दैछ ।
२०८१ साउन १५ को बाढीले ९४ करोडबाट बढेर ९८ करोड रुपैयाँ लागत पुगेको यस कम्पनीले कुल लागतको ४९ प्रतिशत स्वपुँजी र ५१ प्रतिशत बैंक ऋणबाट जुटाएको हो।


कम्पनीको साधारणसभाले अधिकृत पुँजी ६० करोडबाट ७० करोड पुर्‍याउने र २५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने निर्णय गरेको हो ।

साथै कम्पनीले खिम्ती घ्वाङ्गखोला (९ मेगावाट) मा पाँच करोड र इर्खुवा खोला (१५ मेगावाट) मा १५ करोड रुपौयँ लगानी गर्नेछ ।

प्रकाशित : १ भाद्र २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह