Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति ?


GDP नेपाल
   २७ भाद्र २०८२, शुक्रबार


काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

शुक्रबार सुन प्रतितोला एक हजार छ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको भने अघिल्लो दिन सुन प्रतितोला २ लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदी प्रतितोला ६० रूपैयाँले बढेको छ। बिहीबार प्रतितोला २५ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी आज तोलाको दुई हजार पाँच सय ६५ रूपैयाँमा कारोबार भएको हो ।

प्रकाशित : २७ भाद्र २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह