Logo

बैंक / बिमा /शेयर

शेयर बजार असोज २ गतेसम्मका लागि बन्द


GDP नेपाल
   २७ भाद्र २०८२, शुक्रबार


काठमाडौं । राजनीतिक अस्थिरताको कारण नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० अन्तर्गतको धितोपत्र दोस्रो बजार असोज २ गते बिहीबारसम्म बन्द रहने भएको छ । नेप्सेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै आगामी एक सातासम्म शेयर कारोबार स्थगित गरिएको जानकारी दिएको हो ।

नेप्सेको सूचनामा भनिएको छ, ‘धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार भदौ २९ देखि असोज २ गतेसम्म धितोपत्र दोस्रो बजार कारोबार बन्द रहने व्यहोरा जानकारी गराइन्छ ।’

हाल देशमा देखिएको राजनीतिक अनिश्चितताका बीच लगानीकर्ताको सुरक्षालाई मध्यनजर गर्दै बजार स्थगित गर्ने निर्णय गरिएको नेप्सेले जनाएको छ । यसअघि पनि नेप्सेले गत बुधबार र बिहीबार सेयर बजार बन्द गरेको थियो ।

यस निर्णयसँगै आगामी बिहीबारसम्म नेप्सेमा कुनै पनि कारोबार हुने छैन । त्यसपछि बजारको अवस्था मूल्यांकन गरी आगामी निर्णय गरिने नेप्सेले जनाएको छ ।

प्रकाशित : २७ भाद्र २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह