Logo

कर्पोरेट-बजार

अध्यक्ष ढकालको टोलीले गरे उपेन्द्र महतोको क्षतिग्रस्त घरको अवलोकन


GDP नेपाल
   १ आश्विन २०८२, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी डा.उपेन्द्र महतोको क्षतिग्रस्त घर अवलोकन गरेका छन् ।

भदौ २३ र २४ भएको जेनजी आन्दोलनको क्रममा उनको घर पनि जलाईएको थियो । उक्त आगलागीमा के कति क्षति भयो भनेर आज ढकालसहितको टोलीले अवलोकन गरेको हो ।

सोही क्रममा महतोले यस्तो घटनाहरुले देश पछाडी धकेलिने भन्दै अब देश बन्दैन् भन्ने कुरामा कुनै संका नरहेको बताए ।
उनले भने, ‘अब त यसमा मलाई कुनै संका छैन् कि हाम्रो देश बन्दैन् । यस्तो घटनाहरुले अलि पछाडी धकेल्छ । तपाई हाम्रो पीडा हेरेर कति जना भागि सके होला ।’

प्रकाशित : १ आश्विन २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह