Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ?


GDP नेपाल
   २० आश्विन २०८२, सोमबार


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सोमबार सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको कीर्तिमान कायम भएको छ ।

आज चाँदी तोलामा २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : २० आश्विन २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह