Logo

बैंक / बिमा /शेयर

आइपीओ जारी गर्दै दुधपोखरी चेपे हाइड्रोपावर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


GDP नेपाल
   २४ आश्विन २०८२, शुक्रबार


काठमाडौं । दुधपोखरी चेपे हाइड्रोपावरले जारी पुँजीको २० प्रतिशत २० करोड २० लाख रुपैयाँ बराबरको एक सय अंकित दरका २० लाख २० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

यसका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सम्झौतापत्रमा मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशी र दुधपोखरी चेपे हाइड्रोपावरका तर्फबाट अध्यक्ष सबिन प्रधानांगले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताले आयोजना तथा लगानीकर्ताबिचको सम्बन्ध सुदृढ गर्दै पुँजी बजारमा जलविद्युत् क्षेत्रको लगानी विस्तारमा सहयोग पुग्ने बताइएको छ ।
कम्पनीले गोरखा र लमजुङ जिल्लाको सिमानामा पर्ने चेपे खोलामा ११ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ७८ प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी काम आगामी चैतसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित : २४ आश्विन २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह