Logo

कृषि / सहकारी

मुगुमा सुपथ मुल्य पसलबाट ९ सय ४० क्वीन्टल चामल बिक्री


GDP नेपाल
   २७ आश्विन २०८२, सोमबार


मुगु । नेपालीहरुको महान पर्व दशैँ र तिहारको अवसरमा हिमाली जिल्ला मुगुमा सञ्चालित सुपथ मुल्य पसलबाट हालसम्म करीब ९ सय ४० क्वीन्टल चामल बिक्री भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय मुगुमा भदौ ३० गते बाट संचालन भएको सुपथ मुल्य पसलबाट उक्त परमाणमा चामल विक्रि भएको कम्पनि मुगुका सुचना अधिकारी मौषम माझिले बताए ।

उनका अनुसार सबै भन्दा बढी जिरा मसिनो चामल विक्रि भएको छ । सुपथ मूल्य पसलबाट हरेक चामलको मूल्यमा प्रति १ केजि ५ रुपैँयाको छुटमा विक्रि भैरहेको छ । त्यस्तै हाल सम्म २ हजार ७ सय ७३ लिटर तेल बिक्रि भएको उनले जनाए । सबै भन्दा बढि सुर्यमुखि तेल २ हजार ५ सय १४ लिटर बिक्री भएको छ । सुपथ मूल्य पसलबाट हाल सम्म ६७ लाख ८० हजार रकम राजस्व संकलन भएको छ ।

बजारबाट महंगो मुल्यमा चामल किनेर उपभोग गर्दै आएका छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका, सोरु गाउँपालिका र मुगुमकार्मारोङ गाउँपालिकाका स्थानियलाई यतिबेला राहत भएको बताइएको छ ।

प्रकाशित : २७ आश्विन २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह