काठमाडौं । देशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।
विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन, जसका कारण मौसम सफा रहनेछ ।










प्रतिक्रिया