काठमाडौँ । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१र८२ का लागि ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७.५७ रुपैयाँको कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारणसभाबाट अनुमोदन गरी वितरण हुनेछ ।









प्रतिक्रिया