प्रविधिमार्फत आर्थिक वृद्धि सम्भव हुने कार्यको अध्ययन गर्ने तीन विशेषज्ञलाई यस वर्षको अर्थशास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको छ ।
नोर्थवेस्टर्न विश्वविद्यालयका जोएल मोकियरले १ करोड १० लाख स्विडिस क्रोनर पुरस्कार रकमको आधा हिस्सा प्राप्त गरे भने बाँकी रकम फिलिप आगियोन, जो कोलेज द फ्रान्स, इन्सियाड बिजनेस स्कूल र लण्डन स्कूल अफ इकोनमिक्ससँग सम्बद्ध छन्, उनीसँगै पिटर हाउइट जो ब्राउन विश्वविद्यालयका प्राध्यापक हुन्, उनीहरुबीच बाँडिएको छ।
कृत्रिम बुद्धिमत्ताको तीव्र विकास र त्यसको समाज तथा जीवनस्तरमा पर्ने प्रभावबारे भइरहेका तीव्र बहसबीच स्विडेनको रॉयल स्विडिस एकेडेमी अफ साइन्सेसले घोषणा गर्दै भनेको थियो कि, यी तीन जना विज्ञहरूले “नवप्रवर्तन–आधारित आर्थिक वृद्धिको” अवधारणालाई स्पष्ट रूपमा व्याख्या गर्ने कार्यमा अग्रणी भूमिका खेलेका छन् ।
यो पुरस्कार विश्वभरका देशहरूले सन् २००८ को वित्तीय संकटपछि थलिएको आर्थिक वृद्धिलाई पुनर्जीवित गर्न खोजिरहेका बेला आएको हो। उत्पादकत्व वृद्धि सुस्त हुनु, जीवनस्तर सुधारमा ढिलो प्रगति हुनु, र बढ्दो राजनीतिक तनावबीच यो पुरस्कारले पुनः प्रविधिको भूमिकातर्फ ध्यान केन्द्रित गराएको छ ।
फ्रान्सेली अर्थशास्त्री आगियोनले भने, “विश्व व्यापारमा बढ्दो अवरोध र खुलापनमा कमी देखिँदैछ, जुन डोनाल्ड ट्रम्पको व्यापार युद्धले झन् बढाएको छ। यी ‘अँध्यारा बादलहरू’ विश्व अर्थतन्त्रमाथि मडारिइरहेका छन् ।” उनले थपे, हरित उद्योगमा नवप्रवर्तन प्रोत्साहन गर्न र विशाल प्रविधि–एकाधिकार रोक्न सके मात्र भविष्यको मजबुत वृद्धि सम्भव हुने बताउँदै भने, “संरक्षणवाद विश्व अर्थतन्त्र र नवप्रवर्तनका लागि राम्रो होइन ।”
पुरस्कार ग्रहण गर्दै उनले भने, “कृत्रिम बुद्धिमत्तामा असीमित वृद्धिको सम्भावना छ, तर सरकारले नयाँ प्रविधि कम्पनीहरूको तीव्र विस्तारलाई नियमन गर्न कडा प्रतिस्पर्धा नीति लागू गर्नुपर्छ । केही ‘सुपरस्टार’ कम्पनीहरूले बजार कब्जा गरेर नयाँ आविष्कारकर्ताहरूको प्रवेश रोक्न सक्छन्। त्यसैले हामीले आजका आविष्कारकर्ताहरूले भोलिका नवप्रवर्तनलाई नरोकोस् भन्ने सुनिश्चित गर्नुपर्छ ।”
पुरस्कार समितिले भन्यो, प्रविधिगत विकासले पछिल्ला दुई शताब्दीदेखि निरन्तर आर्थिक वृद्धिलाई उर्जा प्रदान गरेको छ, तर भविष्यमा पनि यस्तै उपलब्धि स्वतः सुनिश्चित हुने छैन ।
मोकियर, जो डच मूलका अमेरिकी–इजरायली आर्थिक इतिहासकार हुन्,ले प्रविधिगत प्रगतिबाट दीर्घकालीन आर्थिक वृद्धि सम्भव हुने पूर्वसर्तहरूको अध्ययनका लागि पुरस्कार प्राप्त गरे। आगियोन र हाउइट, जो क्यानाडाली अर्थशास्त्री हुन्,ले “सर्जनात्मक विनाश”को सिद्धान्तमार्फत वृद्धिको मूल चक्र व्याख्या गरेको कारण पुरस्कार साझा गरे ।
पुरस्कार समितिका अध्यक्ष जोन हास्लरले भने, “हामीले सर्जनात्मक विनाशका आधारभूत संयन्त्रहरूलाई निरन्तर कायम राख्नैपर्छ, अन्यथा हामी पुनः स्थिरता (कतबनलबतष्यल) तिर फर्किन सक्छौं ।”
यो पुरस्कार १९६० को दशकमा, मूल नोबेल पुरस्कारहरू स्थापना भएको धेरै वर्षपछि, स्थापना गरिएको हो । यसको औपचारिक नाम ‘स्वेरिजेस रिक्सब्यांक पुरस्कार इन इकोनमिक साइन्सेस इन मेमोरी अफ अल्फ्रेड नोबेल’ हो ।










प्रतिक्रिया