Logo

कर्पोरेट-बजार

कर्णाली याक्स र नेबिकोबीच साझेदारी


GDP नेपाल
   ३० आश्विन २०८२, बिहिबार


काठमाडौँ । कर्णाली याक्स स्पोर्टस् प्रा.लि. र नेबिको लिमिटेडबिच सहप्रायोजनका लागि सम्झौता भएको छ ।

बिहीबार याक एन्ड यती होटेलमा आयोजित कार्यक्रममा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका अशोक पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता कार्यक्रममा नेबिकोका सिइओ होम न्यौपाने र मार्केटिङ हेड अरुण पौडेल तथा कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेत उपस्थित थिए ।


कर्णालीका निर्देशक घिमिरेले देशको विषम परिस्थितिमा क्रिकेटले नेपालीलाई जोड्ने काम गरिरहेको बताउँदै एनपिएल हुन लागेकोमा खुसी व्यक्त गरे । यस्तै, घिमिरेले नबिकोसँगको सहकार्यले टोलीको हौसला बढेको बताए ।
नेबिकोका सिइओ न्यौपानेले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको र कर्णालीमार्फत एनपिएलसँग जोडिन पाउँदा हर्षित भएको प्रतिक्रिया दिए । उनले उत्पादनमा ६ दशक पूरा गरेको बताउँदै यो सहकार्यले व्यावसायिक यात्रामा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।


सम्झौता नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि भएको हो । नेबिकोले सन् १९६४ देखि नेपाली बजारमा बिस्कुट, कुकिजजस्ता खाद्यान्न उत्पादन गरिरहेको छ । नेबिको गुल्कोज, कोकोनट बिस्कुटलगातयका उत्पादन चर्चित छन्। ०८१ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।


दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । एनपिएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ सम्म हुँदै छ ।

प्रकाशित : ३० आश्विन २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह