Logo

सूचना/प्रविधि

चीनद्वारा गाओफेन–१४ ०२ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण


GDP नेपाल
   १० कार्तिक २०८२, आइतबार


काठमाडौं । चीनले आइतबार दक्षिण–पश्चिमी सिचुवान प्रान्तस्थित सिचाङ्ग उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह ‘गाओफेन–१४ ०२’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

यो उपग्रह चिनियाँ समय अनुसार बिहान ११ः५५ बजे ‘लङ मार्च–३बी’ रकेटमार्फत आकाशमा उडाइएको थियो । प्रक्षेपणपछि उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको चीनको अन्तरिक्ष निकायले जनाएको छ ।

गाओफेन–१४ ०२ उपग्रहले विश्वव्यापी स्तरमा उच्च–सटीक त्रि–आयामिक (स्टेरियो) चित्रहरू संकलन गर्न सक्ने क्षमता राख्दछ । यसले देशको आर्थिक विकास, आधारभूत भूगोलसम्बन्धी जानकारी संकलन तथा राष्ट्रिय सुरक्षासम्बन्धी पूर्वाधार निर्माणमा सहयोग पुर्‍याउने बताइएको छ । यो प्रक्षेपणसँगै ‘लङ मार्च’ रकेट श्रृंखलाको यो ६०३ औँ उडान मिशन रहेको छ ।

सीसीटीभी

प्रकाशित : १० कार्तिक २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह