काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ४.४५ अंकले बढेर दुई हजार ८२४.९० विन्दुमा पुगेको छ ।
आज बैंकिङ ३, विकास बैंक ४५, फाइनान्स ५, हाइड्रोपावर २, उत्पादन १२, माइक्रोफाइनान्स ७, निर्जीवन बीमा १९, अन्य ०.७६ र व्यापार उपसमूह १०५ अंकले बढेको छ । त्यस्तै, आज होटल तथा पर्यटन ४६ र जीवन बीमा उपसमूह ६२ अंकले घटेको छ ।
आज सोलु हाइड्रोपावर र सालपा विकास बैंकको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज दरमखोला हाइड्रोको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३५० कम्पनीको तीन करोड ९५ लाख कित्ता सेयर १४ अर्ब ३२ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया