काठमाडौं । सोल्टी होटल लिमिटेडले करिब १७ करोड रुपैयाँ लाभांश वितरण गर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिले मंसिर २८ गते गर्ने ५१औं वार्षिक साधारण सभाबाट पारित गर्ने गरी आर्थिक वर्ष २०८१/८२ को नाफाबाट कम्पनीका शेयरधनीहरुलाई चुक्ता पूँजीको १६.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
जसमा कुल रकम १६ करोड ९४ लाख १४ हजार ७८ रुपैयाँ नगद लाभांश वितरण गर्नका लागि सिफारिस गर्ने निर्णय सञ्चालक समितिले गरेको जनाइएको छ ।
कम्पनीको ५१औं वार्षिक साधारण सभाको प्रयोजनको लागि कम्पनीको शेयर दाखिल खारेज दर्ता किताब मंसिर ५ गते बन्द हुने जनाइएको छ ।
यसैबीच, सोल्टी होटल लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थागत शेयरधनी नेपाल वायुसेवा निगमका प्रतिनिधि फेरिएका छन् ।
यसअघि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकाल समाप्त भएसँगै उनको स्थानमा निगमका मार्केटिङ विभागका निर्देशक टंकनिधि दाहाललाई सञ्चालकमा मनोनित गरिएको छ ।
निगममा हाल कार्यकारी अध्यक्ष दिनेश बहादुर विष्टसहित रविभक्त श्रेष्ठ, राजेशकाजी श्रेष्ठ, जया राज्यलक्ष्मी शाह, टंकनिधि दाहाल, शशीराज पाण्डे, निरन्जन कुमार टिबरेवाला र प्रकाश विक्रम खत्री सञ्चालक रहेका छन् ।










प्रतिक्रिया