काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिलकुमार दाहाल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले दाहाललाई सीईओमा नियुक्त गरेको हो ।
दाहालले यसअघि असोज २८ गतेदेखि निमित्त सिईओको रूपमा कार्य गर्दै आएका थिए । तत्कालीन सीईओ मनोजकुमार लाल कर्णले असोज २७ गते पदबाट राजीनामा दिएसँगै उक्त पद खाली रहेको थियो।









प्रतिक्रिया