Logo

कर्पोरेट-बजार

इप्पानद्वारा ऊर्जा मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण


GDP नेपाल
   १४ कार्तिक २०८२, बिहिबार


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरुको पुनर्निर्माणको लागि चार थान टेलिभिजन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई हस्तान्तरण गरेको छ । इप्पानले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव रुद्रसिंह तामाङलाई टेलिभिजन हस्तान्तरण गरेको हो ।

यो कार्य सहरी विकास मन्त्रालय, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरण, काठमाडौंसँग भएको सम्झौता अनुसार सम्पन्न भएको इप्पानले जनाएको छ ।

इप्पानले उक्त टेलिभिजन उपकरणहरु जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सार्वजनिक संरचनाहरुको पुर्ननिर्माणमा प्रयोग गरी सरकारसँगको समन्वयमा सेवा प्रवाह बढाउने लक्ष्य राखेको जनाएको छ । हस्तान्तरण कार्यक्रममा इप्पानका उपाध्यक्ष भरत खत्री, महासचिव बलराम खतिवडा लगायतका पदाधिकारी सहभागी थिए ।

 

प्रकाशित : १४ कार्तिक २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह