डा. विश्व पौडेल
सन् १९९८ मा भारत र पाकिस्तानले आणविक बम परिक्षण गरेपछीको अन्तरराष्ट्रिय नाकाबन्दीले गर्दा पाकिस्तानको अर्थतंत्रमा धेरै समस्या आयो। पाकिस्तानीहरुले मुद्रास्फिती हुने डरले आफ्नो मुलुकको पैसा सकेसम्म विदेशी मुद्रामा साटेर विदेश पठाउन खोजे। त्यसले गर्दा वैंकमा पैसा कम भयो। तर त्यसको असर सबै पाकिस्तानी फर्महरुलाई उत्तिकै परेन।
तत्कालिन शिकागो अर्थशास्त्री अतिफ मियाँ र अशिम ख्वाजाले गरेको अध्ययन अनुसार ठुला फर्महरुलाई वैंकले ऋण दिनेमा खास असर परेन, ति जसरी पनि पाउँथे साना फर्महरुलाई पनि धेरै असर परेन किनकी तिनलाई ऋण पाउन पहिले पनि गार्हो थियो। तर मध्यम साइजका फर्महरुलाई यसले असर पर्यो। तिनले ऋण पाउन गाह्रो भयो। यसरी ति साना हुँदै गए।
यो मिसिङ मिडल (अर्थात अर्थतंत्रमा कि ठुला कि साना फर्महरु मात्र रहेर असमानता बढ्नु) घटना अर्थतन्त्रमा संकटको बेला हामीहरुले हेर्नुपर्ने मुख्य कुरा हो।
यस्ता संकटले धनीलाई झन धनी र गरीबलाई झन गरीब नबनाउन, मान्छे मान्छे विचको आर्थिक असमानता नबढोस भन्नेमा हामी निकै चनाखो हुनुपर्छ। जती असमानता बढ्छ त्यती द्वन्द बढ्नसक्ने संभावना हुन्छ र त्यसले हाम्रो भविष्यको सम्रिद्धिको यात्रा अप्ठेरो बनाउनेछ। संकटमा, युद्धमा साना मान्छेहरु झन समस्यामा परेका हुन्छन् ।
हाम्रो देशमा गरिबी उन्मुलन यती धेरै fragile छ कि धेरै मान्छेहरु गरिबीको रेखा वरिपरि bunch भएका छन् र केही वर्ष अघिको एक अध्ययन अनुसार हरेक दुई जना नेपाली गरिबीको रेखा तलबाट माथि जाँदा एक जना माथिबाट तल आएको हुन्छ।
धेरै नेपालीलाई अझै पनि लीलबहादुर छेत्रीको बसाइँ उपन्यासमा वर्णन गरेजस्तै अप्ठेरो आर्थिक स्थिती छः पालेको भैंसी मर्दा, घरमा विहे वा किरिया हुँदा थातथालो छोडेर हिंड्नुपर्ने गरी इकोनोमिक शक पर्छ।
अहिलेको कोबिडको शक त्यसैले धेरै नेपालीलाई राहतको आवश्यकताको शक मात्र नहुन सक्छ र सबै अवस्था मोनिटर गरेर जनताको सर्वांगिण रक्षा गर्न हाम्रो केन्द्रिय वैंक लगायतका आर्थिक संस्थाहरु लाग्नुपर्छ।
अर्थशास्त्री डा. पौडेलको फेसबुकबाट
प्रतिक्रिया