Logo

बिजनेस होम

डाक्टरहरूले आज स्वास्थ्य मन्त्रालय घेराउ गर्ने


gdpnepal
   ११ बैशाख २०८२, बिहिबार


काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बैशाख ११ गते बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्ने भएको छ ।


बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्ने र उपत्यका भित्रका सम्पूर्ण चिकित्सकहरुलाई माइतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आह्वान गरेको हो ।


साथै २४ घण्टाभित्र माग सम्बोधन नभएमा २०८२/०१/१२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने पनि जानकारी गराएको छ ।


चिकित्सकहरुको आत्मसम्मानको यस आन्दोलनलाई सफल पार्न देशभरिका सम्पूर्ण नागरिक, नागरिक समाज, पेशागत संघ सङगठन विभिन्न मेडिकल सोसाइटीहरु, बुद्धिजिवी, पत्रकार लगायत सम्पूर्णमा नेपाल चिकित्सक संघले आग्रह गरेको छ ।


यसबाट सर्वसाधरणमा पर्न जाने असुविधाप्रति नेपाल चिकित्सक संघ क्षमा माग्दै सोको जिम्मेवारी स्वयंम सरकारले लिनुपर्ने पनि संघको भनाई छ ।


विगत २८ दिनदेखि चिकित्सकहरूको माग सम्बोधन गर्न राज्यले गरेको उदासीनताप्रति नेपाल चिकित्सक संघ स्तब्ध भएको छ ।


समस्याको समाधान गर्न जिम्मेवार हुनुपर्ने भन्दा यस संस्थाका पदाधिकारी र संस्थालाई तुच्छ शब्द प्रयोग गरी कपोकल्पित आरोप लगाई भ्रम छर्ने काम गर्ने एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजका पदाधिकारीको कार्यको घोर भत्सर्ना गर्दै आरोप पुष्टि गर्न पनि खुल्ला चुनौती दिएका छ ।


आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाउनुपर्ने

प्रकाशित : ११ बैशाख २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह