Logo

बैंक / बिमा /शेयर

गभर्नर सिफारिस समितिलाई ‘पङ्गु’ बनाइएपछि विजयनाथ भट्टराईद्वारा राजीनामा


gdpnepal
   ९ बैशाख २०८२, मंगलबार


काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न बनाएको समितिलाई ‘पङ्गु’ बनाएपछि यसका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।

गभर्नर सिफारिस समिति गठनको एक महिना भइसक्दा पनि एकपटक बैठक बस्न सकेको छैन । सत्ता साझेदार दलहरुबीच गभर्नरको भागबन्डा मिलेको बताइए पनि प्रस्तावित उम्मेदवारविरुद्ध अदालतमा मुद्दा परेको र उनको राजीनामा समेत स्वीकृत नभएको अवस्था छ ।

गभर्नर नियुक्तिको विवादलाई सरकारले नै मलजल गरेको आरोप लाग्दै आएको छ । समितिले गभर्नर कसलाई बनाउने भन्ने निर्णय गर्ने अर्थमन्त्रीले ल्याएको प्रस्ताव अनुमोदन मात्र गर्ने भएकाले पनि सिफारिस समिति ‘लाहाछाप समिति’का रुपमा चित्रित छ ।

भट्टराईले चैत ९ गते नै समिति बनाए पनि गभर्नर छान्नका लागि एक पटक पनि बैठक नडाकिएको भन्दै राजीनामा गरेको बताइएको छ ।

सिफारिस समितिमा पूर्व गभर्नर राख्नैपर्ने कानुनी प्रावधानअनुसार भट्टराई समिति सदस्यमा मनोनित भएका हुन् ।

 

प्रकाशित : ९ बैशाख २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह