Logo

Banner-news

भारतमा लकडाउन खुकुलो, नेपालमा भने अझै अलमल !


GDP Nepal
   १४ बैशाख २०७७, आइतबार


काठमाडौं । नेपालमा लकडाउन खुकुलो गर्ने कि यथावत राख्ने भन्ने निर्णय आइतबारको मन्त्रिपरिषद बैठकले गर्ने बताइएको छ । सोमबार सकिने लकडाउन खुकुलो गर्ने कि अझै एक साता जारी राख्ने भन्ने विषयमा विज्ञहरु बीच नै फरक धारणा देखिन्छ ।

तर, नेपालको छिमेकी भारत सरकारले कोरोनाभाइरस महामारीका फैलिन नदिने उद्देश्यले एक महिनाभन्दा बढी समय बन्द गरिएका स्थानीय किराना पसल पुनः सञ्चालन गर्न दिने भएको छ । त्यहाँको गृह मन्त्रालयले सामान्य अवस्थामा भन्दा आधा संख्यामा मानिसहरूले पसलमा काम गर्न पाउने जनाएको छ ।

नेपालमा पनि पसलहरु खुला नहुँदा किसानका तरकारी तथा फलपूmल खेतबारीमै कुहिएका छन् । यस्तै, अन्य अत्यावश्यकीय सामग्रीको मूल्य अकासिएको छ । यसैले लकडाउन खुकुलो गरेर बजारमा सहजीकरण गर्नुपर्ने दबाब सरकारमाथि छ ।

१ अर्ब ३० करोड भन्दा बढी जनसंख्या भएको भारतमा ठूला व्यापारिक भवनहरू भने बन्द रहने जनाइएको छ । तर, नेपालमा भने भाटभटेनीलगायतका ठूला व्यापारिक भवन खुला हुने तर साना पसल भने बन्द भइरहेका छन् ।

लकडाउनका बेला ग्रामीण भेगमा बजार र आवासीय क्षेत्रमा पसलहरू खुलाएर विस्तारै आर्थिक गतिविधि बढाउन सकिने भए पनि नेपालमा भने यसमा समेत कठोरता अपनाइएको छ ।

प्रकाशित : १४ बैशाख २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह