काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से १.१३ अंकले बढेर दुई हजार ५४५.७३ विन्दुमा पुगेको छ ।
बैंकिङ १, फाइनान्स ०.३०, होटल तथा पर्यटन ४५, हाइड्रोपावर ७, माइक्रोफाइनान्स ०.४५, र व्यापार उपसमूह २९ अंकले बढेको छ । त्यस्तै, आज विकास बैंक ४, जीवन बीमा २४, उत्पादन २०, निर्जीवन बीमा २८ र अन्य उपसमूह ५ अंकले घटेको छ ।
आज माबिलुङ इनर्जी, स्वेत गंगा हाइड्रोपावर, सागर डिष्टिलरी र बुंगल हाइड्रोपावरको सेयरमा सकरात्मक सर्कीट लागेको छ । समग्रमा बजार बढेपनि आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर ४.८२ प्रतिशतले घटेको छ ।
यस दिन ३२९ कम्पनीको ७६ लाख कित्ता सेयर ३ अर्ब ४९ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया