काठमाडौं । अमेरिकामा रहेका २८५ नेपाली आफ्नै खर्चमा स्वदेश फर्किन चाहे पनि सरकारले कुटनीतिक पहल नगर्दा उतै रोकिएका छन् । छोटो समयका लागि अमेरिका गए पनि एक्कासी अन्तर्राष्ट्रिय उडान बन्द उतै रोकिएका नेपालीहरुले आफैं स्वदेश फर्किन पहल गरिरहेका छन् ।
अमेरिकाबाट स्वदेश फर्किन चाहनेहरुको तथ्यांक नेपालको व्यावसायिक घराना बतास अर्गनाइजेसनले गरेको हो । अनलाइनमार्फत फर्म भरेर स्वदेश फर्किन चाहनेको विवरण संकलन गर्दा हालसम्म २८५ जनाले तत्काल नेपाल फर्किन चाहेको बताएका छन् ।
अमेरिकामै रहेका बतास अर्गनाइजेसनका निर्देशक शान्तराज बतासका अनुसार नेपाल फर्किन चाहनेहरुको विवरणसहित उनीहरुले अमेरिकास्थित नेपाली राजदूतावास, नेपालस्थित अमेरिकी दूतावास, परराष्ट्र मन्त्रालय र स्थानीय निकायमासमेत ईमेल लेखिसकेका छन् । बतास हाल अमेरिकामा छन् ।
पत्रमा उनीहरुले आफूहरुले जहाज चार्टरको व्ययभार आफैं बेहोर्ने, नेपाल आएर क्वारेन्टाइनमा रहने र त्यसको समेत भार सरकारलाई नपार्ने अर्थात सरकारको शून्य लागतमा स्वदेश फर्किन चाहेको उल्लेख गरेका छन् । यद्यपि, सरकारबाट कुटनीतिक रुपमा सहयोग नपाएकाले अझै कति दिन अमेरिका बस्नुपर्ने हो भन्ने पिरलो उनीहरुमा देखिएको छ ।
विवरण अनुसार छोटो समयका लागि अमेरिका पुगेकाहरुमध्ये अधिकांश डाक्टर, इन्जिनियर, व्यवसायी तथा सरकारी कर्मचारीहरू रहेका छन् । उनीहरूले आफूहरुको खर्च सकिन थालेको र नेपालमा परिवारको रेखदेख गर्नुपर्ने अवस्था रहेको समेत उल्लेख गरेका छन् ।
देश फर्किन चाहनेका लागि रगत परीक्षण गरेर उडान भर्न सक्ने अन्तर्राष्ट्रिय मान्यता पालना गरेर अमेरिकाबाट विभिन्न मुलुकले आफ्ना नागरिक लगिसकेका छन् ।
बतासका अनुसार यसमा सरकारले केही खर्च गर्नु पर्दैन । सरकारले कुटनीतिक पहल गरि ल्याण्ड गर्ने अनुमति मात्र दिनुप¥यो र सम्भव भए एयरपोर्टमा ल्याण्ड गरेपछि ¥यापिड टेस्ट गराएर सेल्फ क्वारेन्टाइनमा बस्न दिए हुने अवस्था छ ।
प्रतिक्रिया