Logo

Banner-news

‘सेप्टेम्बरमा चिनियाँ पर्यटक ल्याउने तयारी थालौं’


GDP Nepal
   १५ बैशाख २०७७, सोमबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आउँदो सेप्टेम्बरबाट सुरु हुने नयाँ पर्यटकीय सिजनमा चिनियाँ पर्यटक भित्र्याउने तयारी थाल्न सुझाव दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटी चेम्बरले चीनमा कोरोनाको असर कम देखिएको र चिनियाँहरु युरोप जाने अवस्था नभएकाले सेप्टेम्बर–अक्टोबरको सिजनमा नेपाल भित्र्याउने तयारी थाल्न सुझाव दिएको हो ।

चेम्बरले भन्त्री भट्टराईलाई बुझाएको कोरोनाभाइरस (कोभिड(१९)बाट पर्यटन क्षेत्रमा परेको प्रभावसम्बन्धी सुझावमा भनिएको छ– हाल चीनमा कोरोनाको प्रकोप क्रमशः नियन्त्रण हुँदै गएको सन्दर्भमा आउँदो सेप्टेम्बर–अक्टोबर महिनामा सुरु हुने पर्यटकीय सिजनमा चीनका विभिन्न सहरबाट पर्यटक भित्र्याउनेतर्फ सरकारी स्तरमै पहल गरिनु पर्ने ।

यसअघि अर्थ एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री डा. युवराज खतिवडासँगको भेटमा पनि गतसाता चेम्बरले सोही सुझाव दिएको थियो । अर्थमन्त्रीले यसलाई सकारात्मक रुपमा लिँदै तयारी थाल्ने बताएका थिए भने पर्यटनमन्त्री भट्टराईले पनि चेम्बरको यस्तो सुझावलाई सकारात्मक रुपमा लिएको र थप अध्ययन गरेर निर्णय लिने बताएका छन् ।

चीनबाटै उत्पत्ति भए पनि त्यहाँ हाल कोरोना प्रभाव कम देखिँदै गएको छ । केही महिनायता चिनियाँहरु घुम्नका लागि बाहिरिने क्रम रोकिएको छ र युरोपेली मुलुकमा संक्रमण बढी देखिएकाले निकट भविष्यमा त्यहाँ जाने सम्भावना छैन । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले चिनियाँ पर्यटकलाई ५ महिनापछि सुरु हुने सिजनमा नेपाल ल्याउन सकिने भएकाले त्यसको पूर्वतयारीका लागि सुझाव दिइएको बताए ।

अध्यक्ष श्रेष्ठले पर्यटन क्षेत्रमा डिसइन्फेक्सनलाई पहिलो प्राथमिकतामा राखि अनिवार्य गर्ने तथा कडाइका साथ अनुगमनसमेत गर्ने तथा आन्तरिक पर्यटन प्रवद्र्धनलगायतको सुझाव दिइएको जानकारी दिएका छन् ।

प्रकाशित : १५ बैशाख २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह