Logo

Banner-news

बतास एग्रोमार्फत कृषिमा स्वरोजगार अवसर, पोखराको १०७ रोपनी जग्गामा आकर्षक साझेदारी


GDP Nepal
   १५ बैशाख २०७७, सोमबार


पोखरा । कोरोनाभाइरस (कोभिड–१९) संकटका कारण वैदेशिक रोजगारीमा रहेका नेपाली फर्किने तथा मुलुकभित्र पनि पर्यटनलगायत व्यावसायिक क्षेत्र खुम्चने त्रासका कारण कृषिलाई विकल्पका रुपमा हेरिएको छ । तर, कृषि क्षेत्रमा अवसरसँगै विभिन्न झन्झट रहेको जानकारहरु बताउँछन् ।

कृषि क्षेत्रमा स्वरोजगार हुन चाहनेका लागि बतास अर्गनाइजेसनले आकर्षक प्रस्ताव ल्याएको छ । कोरोनाको कारणबाट सिर्जित विभिन्न समस्याका कारण खाद्यान्नको अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै कृषिसहित पर्यटनको क्षेत्रमा केही गर्न चाहनेका लागि यस्तो अवसर ल्याएको हो ।

बतास अर्गनाइजेसनको भातृ संस्था बतास एग्रो प्रालीले कृषि उद्यमी हुन चाहनेहरुका लागि पोखरा महानगरपालिकाको वडा नं. २२ स्थित तालसँगै जोडिएको तथा उत्तरतर्फ फर्केको हिमाल देखिने जग्गामा यस्तो अवसर ल्याएको हो ।

बतास एग्रोले उक्त १०७ रोपनी जग्गामा ५०–५० प्रतिशत साझेदारीमा खेती गरी स्वरोजगार हुन चाहानेलाई बतासको तर्फबाट सुरुवाती रूपमा उद्यम सुरु गर्न लाग्ने बीउ बिजन, मल, कृषि विज्ञ, मजदुरको ज्यालादारी खर्च, आवश्यक सरंचना तथा पूर्वाधारमा निर्माण लगानी गरिदिने जनाएको छ । जसमा कर्मशील, सकारात्मक सोच भएको कृषि उद्यम गर्न इछुक व्यक्तिले प्रस्ताव गर्नसक्ने जनाइएको छ ।

स्वरोजगार बन्न चाहनेले यस अतिरिक्त नियमित लाग्ने पानी बिजुली, मजदुर तलब, कृषि व्यवसायको संरक्षण, सम्बद्र्धन, प्रबर्द्धन, बिक्रीवितरण लगायतको लागत बेहोर्नुपर्ने जनाइएको छ । यसपश्चात कृषि उद्यमबाट बिक्री भइआएको रकममा ५०–५० साझेदारी प्रतिशत रूपमा बितरण हुने गरि व्यवसाय गर्ने अवसर प्रदान गरिएको बतास एग्रोका भक्तबहादुर कार्कीले जनाएका छन् ।

प्रकाशित : १५ बैशाख २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह