Logo

कर्पोरेट-बजार

भाटभटेनीलाई कारबाहीः एमआरपीभन्दा बढी मूल्य लिएपछि ३ लाख जरिवाना


GDP Nepal
   १६ बैशाख २०७७, मंगलबार


काठमाडौं । लकडाउनका बेला खुलेको भाटभटेनी सुपरस्टोरलाई सरकारले संरक्षण गरेको आरोप लागिरहे पनि सरकारकै एक निकायले भने कारबाही गरेको छ ।

बालुवाटार जग्गा प्रकरणमा सरकारी जग्गा व्यक्तिको बनाउन कीर्ते मोही र कागजात खडा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा यसका सञ्चालक मीनबहादुर गुरुङमाथि अदालतमा मुद्दा दायर गरिए पनि सरकारी निकायबाट भाटभटेनीलाई संरक्षण गर्ने क्रम रोकिएको छैन । लकडाउनमा सर्वसाधारणका पसल बिहानै बन्द गरिए पनि भाटभटेनी भने दिनभर खुला हुन्छ ।

दिनभर खुल्ने भाटभटेनीमा उपभोक्ताले घन्टौं लाइन बसेर सामान गरिद गर्नुपर्छ र त्यो पनि सीमित समयभित्र । सोही कारण उपभोक्ताले मूल्यको तुलनात्मक अध्ययन गर्न पाउँदैनन् । तर, सोही मौका छोपेर भाटभटेनीले अधिकतम खुद्रा मूल्य (एमआरपी)भन्दा बढी मूल्य लिने गरेको पाइएको छ ।

दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई सोमबार ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।

विभागको टोलीले गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको विभागले जनाएको छ ।

लकडाउनको समयमा सरकारले जनतालाई उपभोग्य वस्तुको खरिदमा सहजीकरण गर्न भाटभटेनीलगायत ठूला पसल सञ्चालन गर्न अनुमति दिएको छ । विपद्को अवस्थामा उपभोक्ता ठगिने भन्दै विभागले लकडाउनको समयमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ ।

प्रकाशित : १६ बैशाख २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह