Logo

Banner-news

इतिहासकै कठिन समयमा छौं, अझ बढी समझदारीका साथ सहयात्रा गरौंः चन्द्रप्रसाद ढकाल


GDP Nepal
   १९ बैशाख २०७७, शुक्रबार


आज सम्पूर्ण विश्व नोवेल कोरोना भाइरस (कोभिड १९) को महामारीको संकटबाट गुज्रिरहेको अवस्था छ । यसबाट बच्न विश्वका विभिन्न मुलुकहरूले आफ्नो मुलुकमा बन्दाबन्दीको घोषणा गरेका छन् । जसका कारण आज सारा संसार नै ठप्प प्रायः छ ।

अन्तराष्ट्रिय मुद्रा कोषले अप्रिल २०२० मा सार्वजनिक गरेको वल्ड इकोनोमिक आउटलुक अनुसार कोरोनाको विश्वव्यापी महामारीका कारण सन् २०२० मा विश्व अर्थतन्त्र ३.० प्रतिशतले संकुचन आउने प्रक्षेपण गरेको छ । अस्तिमात्र केन्द्रीय तथ्याङ्क विभागले नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान गरेको छ । यो निकै प्रारम्भिक प्रक्षेपण मात्र हो । कोरोनाको असर बढ्दै गएमा र बन्दाबन्दीको समय लम्बिँदै गएमा यो दर अझ तल झर्ने निश्चित छ ।

नेपाल विगत एक महिनाभन्दा लामो समयदेखि पूर्णरूपमा बन्दाबन्दीको अवस्थामा छ । विकास निर्माणका कामहरू सबै ठप्प छन् । उद्योग, व्यवसाय र कलकारखानाहरू बन्द छन् । रेमिट्यान्सको आप्रवाह घट्दो छ । स्वदेश तथा विदेशमा रहेका नेपाली श्रमिक दाजुभाई दिदीबहिनीहरू आफ्नो रोजगारीबाट विमुख हुँदैछन् । अहिलेसम्मकै मात्र अवस्थालाई हेर्दा पनि यो कोरोना महामारीका कारण विश्वमा लाखौं मानिसको ज्यान जाँदै छ । करोडौं मानिसले आफ्नो रोजगारी गुमाउँदै छन् त्यतिनै संख्यामा मानिसहरू भोकमरी र खाद्य संकटमा पर्दैछन् । र, विश्व अर्थतन्त्र पुनः एकपटक दीर्घकालीन रूपमा थला पर्दैछ ।

यस जोखिमपूर्ण महामारीको अवस्थामा तपाई हामी आपसी सद्भाव, मित्रता र समन्वयबाट आफ्नो जीउधन र व्यवसायको सुरूक्षा गर्दै अगाडि बढ्नुपर्ने खाँचो छ । ईतिहासको कठिन समयमा अझवढी समझदारीका साथ सहयात्रा गर्ने प्रतिवद्धताको लागि आग्रह गर्दै सबै श्रमिक दाजु भाई एवं दिदि बहिनीहरूको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दछु ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषदका अध्यक्ष ढकालाले १३१ औ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा दिएको शुभकामना

प्रकाशित : १९ बैशाख २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह