Logo

Banner-news

नेकपाभित्र बिरालाको घाँटीमा कसले घन्टी बाँध्ने ?


GDP Nepal
   २५ बैशाख २०७७, बिहिबार


डा. विश्व पौडेल

डा. विश्व पौडेल
नेपाली कांग्रेसले सांसद वकास कोषको नीति खारेज गर्ने निर्णय गरेको छ। यो एकदमै सकारात्मक शुरुवात हो। सांसदहरु आफुले विधायकको रुपमा वा मंत्री भएमा गरेको आफ्नो कामको आधारमा मात्र पुनर्निर्वाचित हुने हो। गाउँमा कार्यकर्ता पाल्न सजिलो हुने गरी, मैले यो सानो सडक बनाइदिएको थिएँ वा मन्दिर बनाइदिएको थिएँ भन्ने आधारमा पाँच वर्षमा ३० करोड (अहिलेको दरले)को मोजमस्ती गर्ने यो व्यवस्थाले मुलुकलाई फेरी राज्य संरक्षित सामन्तवादतिर लैजान्छ।

आफ्नो काम देखाएर पुनर्निर्वाचित हुनुपर्ने भएपछिीसंसद वैठकमा सांसदहरु धेरै आउनेछन्, कानूनहरु पढ्नेछन् र चर्चा गर्ने छन् भन्ने आशा गर्न सकिन्छ । अहिले जस्तो खाली भवनभित्र कानून पास हुने छैन भन्ने आशा गर्न सकिन्छ। बुढो भैन्जेल पद ओगट्ने बुढा नेताहरु भएर आजित भएका दलका युवा नेताहरु र वैकल्पिक दलहरुलाई पनि यसले लेभल प्लेयिङ फिल्ड दिन्छ।

अरु दलहरुभित्र पनि यससम्बन्धी गंभिर छलफल हुनुजरुरी छ। नेकपाका धेरै नेताहरु सँग मैले यसबारेमा कुरा गरेको छु र वहाँहरु पनि यसमा सकारात्मक हुनुहुन्छ। तर विरालोको घण्टी बाँध्न कोही अघि सर्नुभएको छैन।

एक महिना जतिअघि कृषिमन्त्री घनश्याम भुसालसँग मेरो कुराकानी हुँदा पनि मैले वहाँले एकपटक उठाउनु भएको कार्यकर्तालाई उत्पादनको साधनसँग जोड्नुपर्छ भन्ने विचारको बारेमा कुरा गरेको थिएँ। जनप्रतिनिधिहरुले स्वयंसेवा गर्ने हो। उनीहरुलाई कर्मचारी दिइएको हुन्छ, तिनिहरुले गरेको काम हेर्ने हो, तिनिहरुलाई दिशानिर्देश गर्ने हो, आफैं तलब बुझेर कर्मचारी हुने हैन।

पंचायतमा पनि यो कुरा स्पष्ट थियो। केही अघी मैले वर्तमान सभामुख अग्नी सापकोटा (त्यसबेला सांसदमात्र) सँग पनि यस बारेमा कुरा गरेको थिएँ। सापकोटाले पनि यस कुरामा समर्थन जनाउनु भएको थियो। आशा गरौं , वहाँहरुले आफ्नो दल भित्र यसबारेमा गंभिर छलफल गर्नुहुनेछ र नेपाली काँग्रेस गरेको जस्तो निर्णय गर्नुहुनेछ।

केही पहिला नेपाली कांग्रेसमा पनि प्रदिप पौडेलले यो कुरा केन्द्रिय समितिमा उठाउँदा उनलाई धेरै समर्थन मिलेको थिएन। नेकपा भित्र पनि युवा नेताहरु र रिफर्मरहरुले यो कुरा उठाउनुपर्छ। विस्तारै यसलाई सबैले समर्थन नगरी सुखै छैन।

दुई तिहाइको राप र ताप भएको बेला गर्नुपर्ने कामहरु धेरै थियो। राज्यकोषबाट तलब बुझ्ने सांसदहरु, नोकरशाहहरु, सेना, पुलिस, शसस्त्रहरु सबैको संख्या धेरै छ, चाहिने डाक्टर, इन्जिनियर, शिक्षक, राम्रा सडक, खानेपानी आयोजनाहरुको संख्या कम छ। भत्ता बुझ्नेहरु तेत्तिकै छन। सरकारी कोषबाट हाकाहाकी चोर्ने, ठेक्कापट्टाबाट राज्यलाई लुट्नेहरु उत्तिकै छन। यसरी सबैले जुँका जस्तो गरी चुसेर मुलुक मोटो हुँदैन।

युवा अर्थशास्त्री पौडेलको फेसबुकबाट साभार

प्रकाशित : २५ बैशाख २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह