Logo

कर्पोरेट-बजार

नाटाले स्थापना कालदेखि पर्यटन प्रवर्द्धनमा नेतृत्वदायी भूमिका खेलेको छ: अध्यक्ष थपलिया


GDP नेपाल
   २० पुस २०८२, आइतबार


काठमाडौं । नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले नाटाले स्थापना कालदेखि नै नेपालको पर्यटन प्रवद्र्धन, हवाई सञ्जाल विस्तार तथा व्यवसायिक हित संरक्षणमा निरन्तर भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

नाटाको ५८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष थपलियाले नाटा नेपालको पर्यटन क्षेत्रको पहिलो तथा प्रमुख सरोकारवाला संस्था भएको उल्लेख गरेका हुन् । उनले पर्यटन क्षेत्र अप्ठ्यारो अवस्थामा परेका बेला सधैं नाटा अग्रस्थानमा रहेर काम गर्दै आएको बताए ।

उनले भने, ‘स्थापना कालदेखि नै नाटाले नेपालको पर्यटन प्रर्वद्धन, हवाई सञ्जाल विस्तार तथा व्यवसायिक हित संरक्षणमा निरन्तर भूमिका निर्वाह गर्दै आइरहेको छ । नाटा नेपालको पहिलो पर्यटन क्षेत्रको प्रमुख सरोकारवाला संस्था हो । पर्यटन क्षेत्रको अप्ठ्यारो अवस्थामा जहिले पनि अग्रस्थानमा नाटाले काम गरिरहेको छ ।’

अध्यक्ष थपलियाका अनुसार हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) को विषय, विभिन्न विपद् तथा संकटका समयमा साना तथा मझौला व्यवसायको संरक्षण, कोभिड–१९ महामारी र विभिन्न आन्दोलनका दौरान नाटाले अग्रपङ्क्तिमा उभिएर नेतृत्वदायी भूमिका निर्वाह गरेको छ ।

उनले नाटाले पर्यटन क्षेत्रको संरक्षण र सुरक्षित भविष्य सुनिश्चित गर्न निरन्तर प्रयास गर्दै आएको पनि स्पष्ट पारे ।

उनले भने, ‘हवाई टिकटमा मूल्य अभिवृद्धि कर, भ्याटको प्रसंग होस् या विभिन्न विपद् संकटका समयमा साना तथा मझौला व्यवसायहरुलाई जोगाउन गरेकोे संघर्ष होस् या कोभिड १९ को अवस्थामा र विभिन्न आन्दोलनका समयमा नाटाले सधैं अग्रपङ्क्तिमा उभिएर नेतृत्वदायी भूमिका निर्वाह गर्दै यस पर्यटन क्षेत्रको संरक्षण र सेफ गार्डेनको काम गर्दै आइरहेको छ ।’

प्रकाशित : २० पुस २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह