Logo

Sub-banner

पूँजिगत लाभकर बढाउने निर्णयले सेयर बजार ठप्प, लगानीकर्ता अान्दाेलित काराेबार शून्य


appharu
   २२ जेष्ठ २०७५, मंगलबार


काठमाडाैं ।नेपालको सेयर बजारमा हिजोको दिनमा पनि विवाद् नुहने होइन भएका थिए । तर मंगलबार जस्तो बजार खुलेर पनि एक रुपैयाँको कारोबार नभएको रकर्ड भने थिएन । मंगलबार लगानीकताको कारणले सेयर कारोबार नभएको हो ।
सदाजस्तै गरि सबै ब्रोकर कम्पनी खुला भएपनि कुनै पनि कारोबार नभएको नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए ।

सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ मार्फत पुँजीगत लाभकर बढाएका कारण उत्पन्न भएको विरोधले चरम रुप लिँदा कारोबार प्रभावित बनेको हो । बजेटमा बोनस र हकप्रदमा लगानीकर्तालाई ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुँजीगत लाभकर लगाउनु भन्दै नियामक नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङलाई पत्राचार गरेपछि परिस्थिती असहज बनेको हो ।

 

 

बजार खुलेपनि एउटा पनि शेयर कारोबार नहुनु नेपालका लागि पहिलो नभएपनि लगानीकर्ता कै कारण बजार नखुलेको भने पहिलो नै हो । लगानीकर्ताले कारोबार बहिष्कार गरी नेप्सेको कार्यालय घेराउ गरेका थिए ।

सेयरमा लगानीलाई बन्देज गर्ने नियतले यस्तो निर्देशन आएको बताउँदै लगानीकर्ताले तुरुन्त निर्णय सच्याउन सरकारसँग माग गरेका छन् । उनीहरुले नेप्सेका प्रमुख कार्यकारी निर्देशक चन्द्रसिंह साउदलाई समेत समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।

प्रकाशित : २२ जेष्ठ २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह