Logo

बैंक / बिमा /शेयर

सिद्धार्थ बैंक “अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२५” बाट सम्मानित


GDP नेपाल
   २० माघ २०८२, सोमबार


काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड “अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२५-कर्मसियल बैंकिङ क्याटागोरी ” अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपाल प्रा। लि।ले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

माघ १६ गते आयोजना भएको उक्त अवार्ड समारोहमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले उक्त अवार्ड ग्रहण गरेका थिए । मानव संसाधन व्यवस्थापन, संस्थागत सुशासन तथा उत्कृष्ट कार्यसम्पादनमा बैंकले पुर्याएको योगदानको कदरस्वरूप यो सम्मान बैंकलाई प्रदान गरिएको हो ।

आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबूत बनाउने र आगामी दिनहरुमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ । यस खुशीको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूलाई धन्यवाद दिएका छन् ।

प्रकाशित : २० माघ २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह