Logo

बिजनेस होम

४ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य


gdpnepal
   २४ माघ २०८२, शुक्रबार



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ हजार २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य ४ हजार २ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार कायम भएको छ ।
हिजो बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २७० रुपैयाँले घटेर प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदी अघिल्लो दिन चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : २४ माघ २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह