Logo

फोटो

मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ सुरु (फोटोफिचर)


GDP नेपाल
   २७ माघ २०८२, सोमबार


जनकपुरधाम । मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ आइतबारदेखि सुरु भएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मैथिली विकास कोषको भवनमा आयोजना गरिएको प्रदर्शनीको प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उद्घाटन गरेका हुन्।


माघ २९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको मूल आयोजक नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोष रहेका छन्। प्रदर्शनीमा जनकपुरधाम उपमहानगरपालिका, मधेश प्रज्ञा–प्रतिष्ठान र राजर्षि जनक विश्वविद्यालयको सहकार्य रहेको छ भने नेपाल पर्यटन बोर्ड कला प्रवर्धकका रूपमा रहेको छ।


पाँच दिनसम्म चल्ने प्रदर्शनीमा मैथिली भाषा, साहित्य, परम्परा र कलासँग सम्बन्धित विभिन्न हस्तकला तथा चित्रकला प्रदर्शनमा राखिएका छन्। साथै मधेश प्रदेशमा बसोबास गर्ने अन्य भाषा–भाषी समुदायको संस्कृति, जीवनशैली र रहन–सहन झल्काउने कलाकृतिहरू पनि प्रदर्शनीमा समावेश गरिएको छ।


प्रदर्शनीको उद्घाटन गर्दै प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मधेश प्रदेश अन्नको भण्डार मात्र नभई कला, चिन्तन र कविको महासागर भएको बताए। मधेशका गाउँघरका आमाहरूले घरका भित्तामा कोर्दै आएका चित्रकलाहरू आज देश–विदेशमा चिनिनु गर्वको विषय भएको उनले उल्लेख गरे।
मिथिला चित्रकलालाई ग्रामीण परिवेशबाट आधुनिक युगसँग जोड्ने काम यस प्रकारका प्रदर्शनीले गरिरहेको प्रदेश प्रमुख लाभको भनाइ थियो।

उनले ललितकला मनोरञ्जन मात्र नभई समाजको ऐना र राष्ट्रको पहिचानको मेरुदण्ड भएको बताए।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले देशको संस्कृति, कला, साहित्य र परम्परालाई जीवित राख्न प्रज्ञा–प्रतिष्ठानले निरन्तर भूमिका खेल्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित : २७ माघ २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह