Logo

बिजनेस होम

पश्चिमी वायुले आज पनि वर्षा र हिमपात; काठमाडौँको तापक्रम ८.० डिग्री सेल्सियस


gdpnepal
   ३० माघ २०८२, बिहिबार


काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही स्थानमा हिमपातको पनि पूर्वानुमान छ । 

पश्चिमी वायुको आंशिक प्रभावका कारण वर्षा र हिमपातको सम्भाना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु र कुहिरो रहनेछ । 
कोसी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया  बादल लाग्नेछ । बाँकी पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । तराईमा मुख्यतया सफा रहनेछ ।  

कोसी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको थोरै स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

विभागले राति तराई भूभागका थोरै स्थानमा तुवाँलो रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ । 

यसैबीच, आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस छ।

हिजो (बुधबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस थियो भने बिहान ८:४५ बजेको अन्तिम मापनमा थोरै घटेर काठमाडौँमा न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस कायम भएको थियो।

 

प्रकाशित : ३० माघ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह