Logo

Banner-news

ललितपुर उवासंघको मागः लकडाउनको मोडालिटी फेरौं, आर्थिक गतिविधि बढाऔं !


GDP Nepal
   २१ जेष्ठ २०७७, बुधबार


काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघले मुलुकमा जारी लकडाउनको मोडालिटी फेरेर आर्थिक गतिविधिलाई चलायमान बनाउन आग्रह गरेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले आवश्यक व्यवस्था गरी आर्थिक गतिविधि सुचारु गर्न माग गरेको हो ।

संघका अध्यक्ष कृष्णलाल महर्जनद्वारा जारी विज्ञप्तिअनुसार महिनौंसम्मको लकडाउनका कारण पुँजीको तरलतामा गम्भीर असर परिरहेकाले निजी क्षेत्रलाई आफ्ना कर्मचारी तथा मजदुरको पारिश्रमिकसहित बैंकको ब्याज र किस्ता, घर तथा गोदामको भाडा तिर्न नै समस्या परिरहेको छ ।

विज्ञप्तिमा लामो लकडाउनले मुलुकको आर्थिक परिसूचकमा नकारात्मक असर पर्नजाने तथा देश र जनतालाई अपूरणीय क्षति पुग्ने अवस्था सिर्जना भएको उल्लेख छ । यसैबीचमा आन्तरिक राजस्व विभागले कर तिर्न ताकेता गर्दै जारी गरेको सूचनाले झनै मर्माहात बनाएको संघको भनाइ छ ।

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह