काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ४६.७८ अंकले घटेर दुई हजार ७९६.५७ विन्दुमा पुगेको छ ।
आज बैंकिङ २७, विकास बैंक ९७, फाइनान्स ५४, होटल तथा पर्यटन ११९, हाइड्रोपावर २६, जीवन बीमा २७२, उत्पादन १३८, माइक्रोफाइनान्स ८४, निर्जीवन बीमा ११३, अन्य ४४ र व्यापार उपसमूह १३१ अंकले घटेको छ ।
आज कालिका पावर कम्पनीको सेयर ८.४७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज सालपा विकास बैंकको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३२९ कम्पनीको तीन करोड ६० लाख कित्ता सेयर १३ अर्ब १८ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया