Logo

Banner-news

सार्वजनिक स्थलमा मास्क अनिवार्य गर्ने कि ? डब्लूएचओ भन्छः कपडाको मास्क उत्तम


GDP Nepal
   २५ जेष्ठ २०७७, आइतबार


काठमाडौं । काठमाडौं उपत्यकालगायत देशैभर लकडाउन जारी रहे पनि अघोषित रुपमा यो खुलिसकेको छ । सार्वजनिक स्थलमा पछिल्ला दिनमा मानिसको चहलपहल निकै बाक्लो देखिन्छ ।

लकडाउनमात्र कोरोना रोक्ने विकल्प हैन त्यसैले सुरक्षित रुपमा सावधानी अपनाएर काममा फर्कनुपर्छ भन्ने मनोविज्ञानको विकाससँगै धमाधम कार्यालय तथा बजार खुलिरहेका छन् । तर, यस्तो बेला आम सर्वसाधारणले पर्याप्त सावधानी अपनाएको पाइँदैन ।

मास्क, स्यानिटाइजर र भौतिक दूरी नै कोरोना रोक्ने प्रभावकारी उपाय हुन् । कोहीसँग नजिकै नजाने र जानै परे पनि मास्क लगाएर सुरक्षित हुने तथा जे छोए पनि हात धुने र त्यो सम्भव नभए स्यानिटाइजर लगाउने विश्व स्वास्थ्य संगठनको सुझाव छ ।

नेपालमा भने सार्वजनिक स्थलमा मास्क नै नलगाइ हिँड्नेको संख्या अझै ठूलो छ । उनीहरु आफूमात्र जोखिममा छैनन् कि अरुलाई पनि जोखिम बढाइरहेका छन् । यसैले नेपालमा लकडाउन खुकुलोसँगै मास्क अनिवार्य गर्नुपर्ने बेला भइसकेको छ ।

त्यसो त विश्व स्वास्थ्य संगठनले मास्क लगाउने विषयमा उसको पुरानो सुझाव परिवर्तन गर्दै कोरोनाभाइरस संक्रमण फैलिनबाट रोक्न आम मानिसलाई सार्वजनिक स्थानमा मास्क लगाउन सल्लाह दिएको छ ।

डब्ल्यूएचओका अनुसार मास्क लगाउँदा सम्भावित संक्रामक छिटालाई एक व्यक्तिबाट अर्कोमा सर्नमा अवरोध पुग्छ । विगतमा भने डब्लूएचओले मास्कले संक्रमण रोक्छ भन्नेबारे पर्याप्त प्रमाण नभएको जनाएको थियो ।

विश्वका कतिपय देशमा मास्क अनिवार्य गराइएका छन् भने नेपालमा पनि पर्याप्त उत्पादन तथा सहज आपूर्तिका कारण यसलाई अनिवार्य गराउन सकिने अवस्था छ । यसबाट घरेलु उद्योगलाई पनि टेवा पुग्ने देखिन्छ ।

डब्ल्यूएचओकी प्राविधिक विज्ञ डा. मारिया भान कर्खोभले समाचारसंस्था रोएटर्स सँग कुरा गर्दै आफूहरूले सर्वसाधारणलाई मेडिकल मास्क नभई कपडाको न मास्क’ लगाउन सुझाएको बताएकी छन् । सो संस्थाले मेडिकल मास्क भने बिरामीले वा बिरामीको हेरचाह गर्नेहरूले मात्र लगाउनुपर्ने भन्दै आएको छ ।

डब्लूएचओका अनुसार पछिल्लो सुझाव हालैका साताहरूमा गरिएका अध्ययनहरूको निष्कर्षमा आधारित छन् ।

प्रकाशित : २५ जेष्ठ २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह