Logo

सेयर बजार

सेयर लगानीकर्ता अत्तालिए, पुँजी बजारबाट ६ दिनमा साढे ८७ अर्ब गुम्यो


appharu
   २४ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । सरकारले मुलुकमा लगानीमैत्री वातावरण बनाउने प्रतिबद्धता दोहोर्याइरहँदा अर्थतन्त्रको व्यारोमिटर भनिने सेयर बजारका लगानीकर्ता भने अत्तालिएका छन् ।

वामपन्थी सरकारको बजेटलाई लगानीकर्ताले रातो झन्डा देखाउँदा बजेटपछि कारोबार भएको कुल ६ दिनमा लगानकर्ताले साढे ८७ अर्ब रुपैयाँ गुमाइसकेका छन् ।

बजेट भाषणपछिको छैटौं र यो हप्ताको अन्तिम कारोबारको दिन बिहीबार बजार परिसूचक नेप्से २५.६८ अंकले घटेको छ । बजेटको दुश्प्रभावका कारण नेप्से परिसूचक घटेको अंकमा ७४.१४ र प्रतिशतमा ५.५९ प्रतिशत घटेको छ ।

यसरी यो अवधिमा मात्रै बजेटका कारण पुँजीबजारबाट ८७ अर्ब ४९ करोड रुपैयाँ गुम्न पुगेको विश्लेषक राजु नेपाल बताउँछन् ।

पुँजीगत लाभकर कारण लगानीकर्ता आनदोलित भए पनि खुलेको सेयर बजारमा उच्च अंकको गिरावट आएको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को नियमित समयभन्दा आधा समयमात्र कारोबार हुँदा भने दोहोरो अंकले बढेको थियो ।
बिहीबार कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म कायम रह्यो ।

कारोबार सुरु हुँदा १२८२.७५ अंकका रहेको नेप्से २५.६८ अंकले घटेर १२५७.०७ अंकमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटीभ इन्डेक्स पनि ५.४७ अंकले घटेको छ ।

बिहीबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । सम्पूर्ण समूहगत सूचक पनि ओरालो लागेका छन् । नेप्सेमा कारोबार भएका समूहगत सूचकमध्ये बैंकिङ २०.७५, विकास बैंक २४.४५, वित्त ५.६६, लघुवित्त ३५.५४, होटल ३९.३९, अन्य १४.७८, उत्पादनमूलक १६८, जलविद्युत् ३५.५९, र बिमा समूह १७४.७६ अंकले घटेका छन् ।

बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । नेप्सेमा १६६ कम्पनीको ६ हजार ५ सय ९३ कारोबारबाट ४६ करोड ८५ लाख रुपैयाँबराबरको १४ लाख ४१ हजार २ सय ७७ कित्ता सेयर खरिद बिक्री भएको छ ।

प्रकाशित : २४ जेष्ठ २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह