Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, २१ अर्ब २२ करोडको कारोबार


GDP नेपाल
   ५ चैत्र २०८२, बिहिबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ६४.६७ अंकले बढेर दुई हजार ८७७.०२ विन्दुमा पुगेको छ ।


आज बैंकिङ ४६, विकास बैंक २४०, फाइनान्स ५०, होटल तथा पर्यटन १३०, हाइड्रोपावर ८७, जीवन बीमा ३६७, उत्पादन १८३, माइक्रोफाइनान्स ६२, निर्जीवन बीमा २०७, अन्य ४६ र व्यापार उपसमूह ६ अंकले बढेको छ ।


आज कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेपनि आज नेपाल लाईफ समृद्धि लगानी योजनाको सेयर ५.१२ प्रतिशतले घटेको छ ।


यस दिन ३४२ कम्पनीको पाँच करोड ६९ लाख कित्ता सेयर २१ अर्ब २२ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ५ चैत्र २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह