Logo

Banner-news

ओम्नीले तिरेन निगमको १ करोड ८५ लाखः पर्यटनमन्त्री जमानी बसेकाले तैं चुप, मै चुप


GDP Nepal
   २७ जेष्ठ २०७७, मंगलबार


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई स्वयं जमानी बसेर चीन पठाइएको नेपाल वायुसेवा निगमले दुई महिनामा पनि जहाज भाडा पाउन सकेको छैन ।

स्वास्थ्य उपकरण खरीद प्रकरणमा मुछिएको विवादास्पद ओम्नी समूहले चीनका लागि चार्टर गरेको भाडावापत करिब १ करोड ८५ लाख रुपैयाँ भने असुल हुन बाँकी रहेको निगमले जनाएको छ । निगमले विभागीय मन्त्रीकै जमानीका कारण उधारोमा चार्टर गरेको थियो ।

खरीद प्रक्रियामा विवादास्पद ओम्नीले स्वास्थ्य सामग्री ल्याउन चार्टर गरेको नेपाल एयरलाइन्सको जहाज ८ घण्टा ३० मिनेट उडेको थियो । जसवापत १ लाख ५३ हजार ८ सय ५० अमेरिकी डलर भाडा रहेको छ ।

मन्त्री नै जमानी बसेपछि भाडा असुल गर्न नसकेपछि निगमले ताकेता गर्न सकेको छैन । सरकारले ओम्नीसँगको सम्झौता खारेज गरेपछि कम्पनीले तिर्नसक्ने अवस्था छैन । मन्त्रीको त्रासका कारण निगमका अधिकारीहरु तैं चुप, मै चुपको अवस्थामा रहेको निगम स्रोत बताउँछ ।

यसैबीच, निगमले लकडाउनयता ५२ करोड रुपैयाँ आम्दानी गरेको छ, जसमा ओम्नीको उधारो भाडासमेत जोडिएको छ । चैत ११ देखि सरकारले लकडाउन गरेयता नियमित उडान बन्द भए पनि निगमले चार्टर र कार्गाे उडानमार्फत ५२ करोड रुपैयाँ आम्दानी गरेको हो ।

निगमले लकडाउनपछि सोमबारसम्म १५ यात्रुवाहक चार्टरमा उडान तथा ९ वटा कार्गो उडान गरेको छ ।

प्रकाशित : २७ जेष्ठ २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह