Logo

मुख्य समाचार

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबारमा भने वृद्धि


GDP नेपाल
   १८ चैत्र २०८२, बुधबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ७४.७३ अंकले घटेर दुई हजार ७७६.३६ विन्दुमा पुगेको छ ।



आज बैंकिङ ३४, विकास बैंक १९६, फाइनान्स ७७, होटल तथा पर्यटन १६०, हाइड्रोपावर ११०, जीवन बीमा २६७, उत्पादन ४१, माइक्रोफाइनान्स १००, निर्जीवन बीमा २५५, अन्य १२० र व्यापार उपसमूह १५७ अंकले घटेको छ ।



आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरै ९.८४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, रिज लाईन इनर्जी र सूर्य कुण्ड हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ ।


यस दिन ३४७ कम्पनीको तीन करोड २ लाख कित्ता सेयर १२ अर्ब १० करोडमा कारोबार भएको छ ।

प्रकाशित : १८ चैत्र २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह