काठमाडौं । ओमानबाट १६६ यात्रु बोकेर सलाम एयरको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ । विदेशमा बस्ने कोभिड–१९ बाट प्रभावित नेपालीलाई सम्बन्धित देश तथा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पालना गरि आवश्यक प्रक्रियापश्चात ओमानबाट उनीहरुको उद्दार गरिएको हो ।
कोरोनाभाइरस (कोभिड–१९) का कारण अप्ठ्यारोमा परेका नेपालीहरुको हवाई टिकट व्यवस्थापनका सम्बन्धमा ओमानस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा सलाम एयरले नेपालीका लागि मानवीय सहयोगस्वरूप सुलभ दरमा टिकट उपलब्ध गराएको जनाएको छ ।
विपतको घडीमा व्यावसायिक मुनाफाभन्दा पनि सेवाको भावनाका साथ अघि बढ्ने नीतिअनुसार सलाम एयरले नेपालीलाई सेवा दिएको जनाएको छ । ओमनस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा यसरी नेपालीको उद्दार गरिएको हो ।
सलाम एयरले नेपालमा आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई ट्राभलको जीएसए व्यवस्थापनमा उडान गर्दै आइरहेको छ ।
नेपालमा आफ्नो हवाई सेवा विस्तार गरेको करिब डेढ वर्षको हाराहारीमा नै माहामारीको अवस्था झेल्नु परे पनि मानवीय सेवाका लागि सलाम एयरको निकै ठूलो योगदान रहेको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटा बताउँछन् ।
ओमानको पहिलो बजेट क्यारिअरका रुपमा सन् २०१६ मा स्थापित सलाम एयरलाइन्सले आफ्नो गरिमालाई उच्च बनाउँदै व्यावसायिक क्षमतामा वृद्धि गरेको छ । दिनानुदिन विभिन्न गन्तव्य थपिनुले पनि यस कुरालाई पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ ।
ओमानमै ए–३२० एनईओ भित्र्याउने पहिलो हवाई सेवाप्रदायकका रुपमा रहेको सलाम एयरले यसै वर्ष ६ वटा थप र २०२० सम्ममा २० वटा जहाज पु¥याउने लक्ष्य लिएको छ । हालसम्ममा २० वटा गन्तव्यमा उडान गरिरहेको यस एयरलाइन्सले निकट भविष्यमा नै आफ्ना थप गन्तव्यको घोषणा समेत गर्दैछ ।
प्रतिक्रिया