काठमाडौं । फोर्डको आधिकारिक बिक्रेताले पछिल्लो बिएस सिक्स कम्प्लायन्ट २०२० गाडी खरिदकर्तालाई आकर्षक सुविधा उपलब्ध गराएको छ ।
यस अन्तर्गत ग्राहकले १० वर्षसम्मको फाइनान्स सुविधा, ३० प्रतिशत डाउन पेमेन्ट , स्थगित भुक्तानी सुविधा, परिवारको लागि कोभिड विमा सुविधा, विशेष नगद छुट, एक वर्षको बिमा सुविधा रहेका छन् ।
कम्पनीका अनुसार एक्सचेन्जको सुविधा, लोएल्टी वोनसका साथ ३ वर्ष वारेन्टी, ३ वर्षको निशुल्क सर्भिसिङका साथ अन्य सुविधा उपलब्ध गराइएको छ ।
१० वर्षको फाइनान्स सुविधाले ग्राहकलाई भुक्तानी गर्न पर्याप्त समय दिन्छ साथै मासिक किस्ता कम हुने गर्दछ । कम्पनीको अनुसार अहिले यो अफर नेपालीबजारमा सबैभन्दा राम्रो हो किनकी फोर्डको २०२०मा बनेका बिएस सिक्स अन्तर्गत गाडीमा यो अफर मान्य छ ।
फोर्डको नेपालको लागि आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्स् प्रा.लि. हो । जि.ओ अटोमोवाइल्सले फोर्ड अनलााइन शोरुम पनि संचालन गरिरहेको छ, जहाँ ग्राहकले सो–रुम नआइकनै अनलाइन मार्फत चाहेको सवारी साधनको विशेषताहरु वुझ्न तथा हेर्न सकिन्छ ।
सो–रुममा रहेका प्रतिनिधिसँग अनलाइन सबै वुझ्न सकिन्छ र यसको सहायताले ग्राहकलाई आफ्नो रोजाईको गाडी खरिद गर्न सम्भव बनाएको छ ।
प्रतिक्रिया