Logo

बिजनेस होम

‘ससुरा बा’ भीमबहादुर थापाको निधन, आजै दाहसंस्कार गरिने


appharu
   ३० जेष्ठ २०७५, बुधबार


काठमाडौं । पुराना कलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मुटु, फोक्सो, कलेजोलगायतका रोगबाट पीडित थापाको मैतिदेवीस्थित आफ्नै घरमा निधन भएको हो ।


नेपाली सेनाका रिटायर्ड मेजरसमेत रहेका थापा तितो सत्य हास्य सिरियलमा दिपकराज गिरीको ससुरा बा को भूमिका निर्वाह गरेपछि निकै चर्चित बनेका थिए । त्यसपूर्व पनि उनले चलचित्र र टेलिसिरियलमा अभिनय गरेका थिए ।

कलाकार दीपाश्री निरौलाले उनलाई ‘धर्म बा’ का रुपमा सम्मान गर्ने गरेकी थिइन् । भिमबहादुर र दीपाश्रीले देवी नामक सिरियलदेखि नै काम गरेका हुन् ।

स्व. थापाको को आजै पशुपति आर्यघाटमा दाहासंकार गरिने र त्यसअघि काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने जनाइएको छ ।

प्रकाशित : ३० जेष्ठ २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह